ट्रेन्डिङ

१६ लाख खर्च गरेर जसले जेलबाट छुटाए, पैसा पचाउन भयो उसैको हत्या

बीरगन्ज । महोत्तरी प्रहरीले एक महिना अगाडि वडाअध्यक्षको हत्या गरेको आरोपमा आज दुइ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्षको हत्या आरोपमा प्रहरीले दुुइ जनालाई पक्राउ गरेको हो । महोत्तरीको औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलीप मण्डल वडाध्यक्षको हत्या आरोपमा पक्राउ परेको प्रहरी प्रवक्ता सन्तुलाल प्रसाद जैसवारले बताए ।

उनका अनुसार वडाध्यक्ष मुकेश कुमार यादवको हत्या गरेको आरोपमा दुबैजनालाई पक्राउ गरिएको हो । पक्राउ परेका दुबैजना वडाअध्यक्षको साथी रहेको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

किन हत्या ?

गएको भदौंमा जलेश्वर–बर्दिबास सडकखण्डको बर्दिबास नगरपालिकाको वडा नम्बर ८ बाट वडाध्यक्ष यादवको शंकास्पद अवस्थामा शव फेला प¥यो । प्रहरीका अनुसार सडकखण्डको कल्भर्ट नजिकै दुर्घटनामा परेको र उनको शव कल्भर्टसँगै सडकभन्दा तलबाट फेला परेको थियो ।

यसरी शंकास्पद शव फेला परेपछि प्रहरीले हत्याको आशंका मान्दै सूक्ष्म अनुसन्धान सुरु ग¥यो । पीडित पक्षले प्रहरीमा दिएको जाहेरीलाई मध्यनजर गर्दै प्रहरीले चलाएको मिहिन अनुसन्धानले साथीले नै हत्या गरेको सुइँको पायो ।

यथेष्ठ सबुत प्रमाण फेलापरेपछि प्रहरीले हत्यामा संलग्नमा दुइ जनालाई आफ्नो नियन्त्रणमा लियो, अनि खुल्यो वडाअध्यक्ष हत्याको रहस्य ।

स्रोतका अनुसार अहिले पक्राउ परेकामध्ये संजीव झा जेलमा थिए । मानवबेचिखन मुद्दामा उनी जेलमा परेका थिए । ‘त्यहीबेला साथीको नाताले मृतक वडाअध्यक्ष झाले जेलबाट निकाल्न सबै सहयोग, लाग्ने खर्च पनि स्वयं वडाअध्यक्षले नै दिए । त्यो बेला करिब १६ लाख रुपैयाँ वडाअध्यक्ष यादवले झालाई दिएको देखिन्छ ।

सबै खर्च गरेर झालाई जेलबाट निकालिसकेपछि वडाअध्यक्ष यादवले आफ्नो पैसा माग्न थालेका थिए, प्रहरी स्रोत भन्छ, ‘ तर झाले त्यो पैसा दिन आनाकानी गर्न थालेका थिए, कति पटक पैसाको लागि दुबै जनामा विवाद पनि भएको थियो, जुनकारणले हत्या भएको हुन सक्ने अनुमान गरिएको छ ।’

स्रोतका अनुसार १६ लाख रुपैयाँ नै हत्याको मुख्य कारण रहेको प्रहरी ठम्याइ छ । यद्यपी, प्रहरीले विभिन्न पाटोबाट अनुसन्धान चलाइरहेको महोत्तरी प्रहरीले जनाएको छ । यहि भदौ ९ गते जलेश्वर–बर्दिबास सडकखण्डको बर्दिबास नगरपालिका वडा नम्बर ८ बाट वडाध्यक्ष यादवको शब बरामद भएको थियो ।

वडाध्यक्ष यादव सवार लु प्र ०१–००१ प ६३६२ नम्बरको मोटरसाइकल कल्भर्ट नजिकै दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै