बारा । स्थानिय तह कर्मचारी संघ बाराको तदर्थ समिति गठन भएको छ ।
कलैयामा बसेको बैठकबाट समितिको अध्यक्षमा बारागढी गाउँपालिकामा कार्यरत रन्जित कुमार साह सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन् ।
गठित समितिको सचिवमा नन्दकिशोर प्रसाद साह, सह सचिव जगत कुमार यादव, कोषाध्यक्षमा रामएकबाल प्रसाद यादव छन् भने सदस्यहरूमा क्रमशः शम्भु प्रसाद जयसवार, सुरेश प्रसाद यादव, ठगा प्रसाद पाल, कमलेश प्रसाद चौधरी, सन्जय कुमार श्रेष्ठ छन् ।
बैठकले संघको सल्लाहकार समितिको सम्योजकमा बिरेन्द्र बिरेन्द्र प्रसाद महतो र सल्लाहकार समिती सदस्यमा सुरेन्द्र चौधरी र औलिक महम्मदलाई चयन गरेको हो ।
राजिव कुमार यादवको अध्यक्षतामा बसेको बैठकले यहि बैशाख २७ गते सर्लाहिको बर्हथवामा हुने प्रदेश अधिवेशमा जिल्लाका सबै स्थानिय निकायका कर्मचारीसंघका सदस्यहरू सहभागी हुने निर्णय समेत गरेको छ ।
संघ बाराले सरकार सङ्ग विभिन्न माग समेत राखेको छ । मागहरुमा प्रदेश किताब खानाको ब्यवस्था,सिटोल दर्ता हुनुपर्ने तथा सेवा अवकाश उपदान तथा निबृती भरण कोषको स्थापना हुनुपर्ने माग गरेका छन् ।
बैठकमा राजाराम साह, प्रभु पन्डित, बिजय कुमार सिंह, हरिनारायण प्रसाद, ओमप्रकाश साह, पुलिस चौधरी, पलट पन्डित, रामाधार साह, राजाराम ठाकुर, रुदल यादव लगायतकाको उपस्तिथि रहेको थियो ।