रौतहट । कार्य सम्पादनमा जिल्ला प्रहरी कार्यालय रौतहट उत्कृष्ट सावित भएको छ । भौतिक पूर्वाधार लगायत अन्य विभिन्न पक्षको विश्लेषण गर्दा जिल्ला प्रहरी कार्यालय रौतहट उत्कृष्ट सावित भएको हो ।
बुधबार मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले जिल्ला प्रहरी कार्यालय रौतहटबाट गरिएका विभिन्न कार्यहरुको मूल्यांकन गर्दै यस्तो घोषणा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय उत्कृष्ट घोषणा गर्दै रौतहटका एसपी दिलीप घिमिरेलाई नगदसहित पुरस्कृत समेत गरिएको छ ।
फरार अपराधी पक्राउ, प्रहरी आचरण तथा अभिलेख व्यवस्थापन, हिरासत कक्षको निरीक्षण, सवारी दुर्घटना न्यूनीकरणमा र भौतिक पूर्वाधारसँगै विविध पक्षहरुको आधारमा रौतहट प्रहरी उत्कृष्ट ठहरिएको हो ।
यस्तै हत्या गरी फरार भएका व्यक्तिलाई तत्काल पक्राउ गर्न प्रहरी टोली सफल भएको, ईशनाथ नगरपालिकामा हिन्दु मुस्लिम बिच हुने सक्ने सम्भावित दङ्गालाई रोक्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गरेको, महावीर झन्डा मेलामा विवादरहित सम्पन्न गर्न रौतहट प्रहरीले खेलेको भूमिकाको सराहना समेत गरिएको छ ।
यसैगरी तस्करी नियन्त्रणमा सघाउ पुु¥याउँदै जिल्लामा शान्ती, सुरक्षा तथा अमनचयन कायम गर्न सफल भएकोले एसपी घिमिरेलाई सम्मानित गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जानकारी दिएको छ ।