रौतहट । रौतहटमा कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबा छोरीको ज्यान गएको छ ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित पूर्व पश्चिम लोकमार्गमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा छोरीको ज्यान गएको हो ।
ठक्करबाट गरुडा नगरपालिका वडा नम्बर ३ मलाहिटोल बस्ने ६० वर्षका बलिराम सहनी र उनकी छोरी ४० वर्षीय उर्मिला देवी सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हेटौँडाबाट चन्द्रपुरतर्फ जाँदै गरेका ना ३ प ९५१२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाइ निजगढतर्फ जाँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले आइतबार बिहान ठक्कर दिएको थियो ।
कारको ठक्करबाट गम्भीर घाइते बनेका बुबा छोरीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ ।
प्रहरीले ठक्कर दिने कार र चालक हेटौँडा उपमहानगरपालिका १२ बस्ने ४३ वर्षीय कुमार पोख्रेललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।