ट्रेन्डिङ

एसपी नेत्रमणी गिरीले सम्हाले रौतहट प्रहरी प्रमुखको जिम्मेवारी, प्रहरी परिवारबाट स्वागत

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको नयाँ प्रमुखको रूपमा प्रहरी उपरीक्षक (एसपी) नेत्रमणी गिरीले आजदेखि औपचारिकरूपमा कार्यभार सम्हालेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्सालले सरुवा गरेको पाँचदिन पछाडि एसपी गिरीले आजदेखि कार्यभार सम्हालेका हुन ।

प्रहरी प्रधान कार्यालयले पत्र (चलानी नम्बर ६५९६ )अनुसार उनको सरुवा रौतहटमा गरिएको थियो। जिम्मेवारी सम्हाल्दै गर्दा प्रहरी कार्यालयका अधिकारी र कर्मचारीहरूले स्वागत गरेका छन् ।

यसअघि रौतहटको प्रहरी नेतृत्व एसपी दिलीप घिमिरेले सम्हालेका थिए । अब एसपी गिरीले जिल्लाको सुरक्षा, शान्ति र कानुन व्यवस्थाको जिम्मेवारी सम्हाल्नेछन्।

जिम्मेवारी सम्हाल्दै एसपी गिरीले प्रहरी सङ्गठनको नीति अनुसार जिल्लामा शान्ति सुरक्षा कामय राख्न काम गर्न निर्देशन दिए ।

अपराध रोकथाम गर्न कुनै कसर बाकी नराख्न प्रहरी प्रमुख गिरीले कडा निर्देशन दिएको एक अधिकारीले जनाए ।

एसपी गिरीले जिम्मेवारी सम्हालिसँगै जिल्लाको अपराध नियन्त्रण, आपराधिक समूहको गतिविधिमा नियन्त्रण, सीमाक्षेत्रको सुरक्षा सुदृढीकरण र सामुदायिक प्रहरी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै