ट्रेन्डिङ

वीरगन्जकी प्रिसा साह मृत्यु प्रकरण : परराष्ट्र मन्त्रालयले थाल्यो छानबीनका लागि कूटनीतिक पहल

वीरगन्ज ।ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत अर्की नेपाली विद्यार्थी मृत अवस्थामा फेला परेपछि परराष्ट्र मन्त्रालयले छानबिनका लागि कूटनीतिक पहल थालेको छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जानकारी दिएकी छिन् ।

वीरगन्जकी १९ वर्षीया प्रिसा साहको शव बिहीबार साँझ विश्वविद्यालयको होस्टेल कोठामा फेला परेकी हुन ।

प्रिसा हाल स्नातक तह प्रथम वर्षको परीक्षा दिन होस्टेलमै बस्दै आएकी थिइन्।

उनी बस्दै आएको होस्टेलमा तीन महिना अगाडि अर्की नेपाली विद्यार्थी प्रकृति लम्सालको पनि रहस्यमय मृत्यु भएको थियो।

लगातार दुई नेपाली विद्यार्थीको मृत्यु भएपछि घटनाले गम्भीर मोड लिएको छ।

परराष्ट्र मन्त्रालयले घटनाको सत्य तथ्य पत्ता लगाउने उद्देश्यले कूटनीतिक तहमा सम्पर्क बढाएको छ।

मन्त्रालयले मृतक परिवारसँग समन्वय गर्दै आवश्यक सहयोगका लागि पहल भइरहेको जनाएको छ।

लगातार हुने मृत्युका घटनाहरूले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाबारे प्रश्न उठ्न थालेको छ।

अभिभावकहरू तथा विद्यार्थीहरूमा समेत त्रास बढ्दै गएको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै