वीरगन्ज । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा पून अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन् ।
सो विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत वीरगन्ज भिश्वा निवासी प्रिसा साह बिहीबार साँझ मृत फेला परेकी हुन् ।
उनको शव कलेज होस्टेलमा फेला परेको थियो ।
गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् ।
साह प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएको बताइएको छ। प्रकृति लम्साल बस्दै आएको होस्टेलमै उनी पनि बस्दै आएकी थिइन्।
प्रेम सम्बन्धका कारण उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपी घटनाको यथार्थ खुलिनसकेको त्यही अध्ययनरत एक नेपाली विद्यार्थीले बताए ।
साहको शव पोष्टमार्टमका लागि अहिले अस्पतालमा राखिएको छ। यसबारे आवश्यक अनुसन्धान भईरहेको छ ।
प्रिसा भिश्वा निवासी श्याम साह कलवार र पिन्की साहकी छोरी हुन् ।