ट्रेन्डिङ

बाराको फेटामा पिकअपको ठक्करले एक बालकको घटनास्थल मै मृत्यु, दुई जना घाइते

पिकअप चालक फरार

 

वीरगन्ज । बाराको फेटा गाउँपालिकामा पिकअपले अटोलाई ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ ।

गाउँपालिका वडा नम्बर ७ गम्हरिया टोलमा मटिअर्वातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३० च १४२१ नम्बरको पिकअपले विपरित दिशाबाट आइरहेको ना २ ह ४८८९ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार एक बालकको मृत्यु भएको छ भने २ जना घाइते भएको बारा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा विश्रामपुर गाउँपलिका इटियाहीका सुनिल पण्डितका १३ वर्षीय छोरा समर पण्डितको मृत्यु भएको बारा प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले जनाएका छन् । घाइते चितवन बस्ने निलम हजरा र उनका छोरा आदित्य हजराको वीरगन्जस्थित नेशनल मेडिकल क्लेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने पिकअप चालक फरार भएका छन् भने अटो चालक र दुई वटै सवारीलाई नियन्त्रणमा लिइएको छ । पिकअप चालकको खोज तलास जारी रहेको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै