ट्रेन्डिङ

बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव अझ नेपालमा कायमै, आज कुनकुन ठाउँमा हुन्छ वर्षा ?

काठमाडौँ । देशभर पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले मौसममा परिवर्तन आएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका धेरैजसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ।

जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ।

कोशी, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका हिमाली भूभागका थोरै स्थानहरूमा हिमपातको पनि सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकीलगायत देशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै