Close This

ट्रेन्डिङ

मनसुन सक्रिय, मधेशका पर्सा, सप्तरी र सिरहा ‘रेड जोन’ मा

बीरगन्ज । मनसुन सक्रिय भएपछि मौसम पूर्वानुमान महाशाखाले मधेशका तीनसहित ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ । महाशाखाले आज सातै प्रदेशका ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको हो ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै मधेशका पर्सा, सिरहा र सप्तरीसहित ५६ जिल्लालाई उच्च जोखिमको सूचिमा राखेको हो ।

यसअघि असोज ७ गते जारी गरेको विशेष बुलेटिनमा २७ जिल्लालाई मात्र उच्च जोखिमको सूचीमा राखेको थियो । तर आज जारी अर्को विशेष बुलेटिनमा ५६ जिल्लालाई उच्च जोखिम अर्थात् रेड जोनको सूचीमा राखेको छ । ‘रेड अलर्ट’ले उच्च जोखिमको सम्भावनालाई जनाउँछ ।

महाशाखाका अनुसार १९ जिल्ला मध्यम जोखिममा छन् भने हिमाली दुई जिल्ला (मुगु र हुम्ला) मात्र न्यून जोखिममा छन् । मधेश प्रदेशका अन्य ५ जिल्लासमेत मध्यम जोखिमको सूचिमा परेका छन् ।

महाशाखाका मौसमविद गोविन्द झाका अनुसार बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त वायु तथा त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने प्रक्षेपण छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै