वीरगन्ज । भारतको मध्य प्रदेश राज्यमा इनारमा गाडी खस्दा १२ जना यात्रुको मृत्यु भएको गरेको छ ।
मध्य प्रदेशको मन्दसौर क्षेत्रमा गाडी दुर्घटना भएको प्रहरीले पुष्टि गरेको छ । यात्रु सवार गाडी मन्दिरतिर जाँदै गर्दा दुर्घटनामा परेको थियो । गाडी पहिले मोटरसाइकलसँग ठोक्किएको थियो । त्यसपछि चालकले नियन्त्रण गुमाएपछि नजिकैको इनारमा खसेको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रत्येक मृतकको परिवारलाई २ लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।