Close This

ट्रेन्डिङ

प्रधानमन्त्री र मुख्यमन्त्रीको निर्वाचन प्रत्यक्ष हुन पर्छ : जनमत अध्यक्ष डा.राउत

बीरगन्ज । पार्टीको राजनीतिमा प्रशिक्षणको महत्व ज्यादै रहेको जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सी.के राउतले बताएका छन् । पार्टीको पर्सा जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीमा लागेको छ पार्टीकै नाम थाहा छैन, पार्टीमा लागेको पार्टीको अभियान उद्धेश्यका बारेमा भन्न सक्दैन यो प्रवृतिलाई अन्त्य गर्न र कार्यकर्तालाई पार्टीको पंक्ति दृढता पूर्वक उभ्याउन प्रशिक्षण आवयश्क रहेको उनको भनाई छ ।

ठुला दुई पार्टी मिलेर सरकार बनाउने कुरा संसारमा देखिदैन तर नेपालमा के आवश्यकता आयो की कांग्रेस र कम्युनिष्ट पार्टी मिलेका छन भन्ने प्रश्न गर्दै उनले भने, ‘यो अहिले मुलुकमा बिषम परिस्थितिको निर्माण उनीहरुको मिलनले उत्पन्न भएको हो ।’ उनले अहिले संबिधान संशोधनको कुरा उठेको छ तर बन्दुकको शक्तिका आधारमा जारी गरिएको संबिधानमा संशोधनमा आफ्ना मुद्धा पनि समावेश गर्नु पर्ने बताए ।

उनले भने तर यो सरकार हाम्रा माँग पुरा गर्न होइन मधेशी मुस्लिम आदिबासीको अधिकार दिनका लागि होइन दुई दलीय सिण्डीगेट निर्माणकालागि संबिधान संशोधन गर्ने प्रयास गरिरहेको बताए । उनले यस्तो खाले संशोधनको पक्षमा आफ्नो पार्टी नरहेको प्रष्ट पारे ।

उनले भने प्रन्तीय सरकारलाईए अधिकार बिहिन बनाइएको चर्चा गर्दै उनले भने प्रदेशलाई अधिकार दिन माँग गरे । प्रदेशलाई प्रहरी प्रशासन संचालन र परिचालनको अधिकार सहितको स्वायतता सहितको अधिकार दिनु पर्ने बताए । एक मधेश दुई प्रदेश कायम हुनु पर्ने बताउदै उनले संबिधान सशोधनमा यो माँगलाई समबोधन गर्न माँग गरे । उनले मधेशमा ५४ प्रतिशत जनसंख्या रहेको चर्चा गर्दै निर्वाचन क्षेत्र पनि जनसंख्याको आधारमा गर्नु पर्ने बताए ।

उनले भाषा र जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको पूर्ननिर्धारण आफ्नो पार्टीको माँग रहेको बताए । उनले समानुपातिक समावेशीतालाई सुनिश्चित गर्न माँग गरे । सिंहदरवारमा खटपट हुने बित्तिकै प्रदेशमा सरकार संकटमा पर्ने अहिलेको ब्यवस्थाको चर्चा गर्दै अध्यक्ष राउतले देशको प्रधानमंत्री र प्रदेशका मुख्यमंत्रीको प्रत्यक्ष निर्वाचन हुनु पर्ने बताए । उनले सम्बैधानिक निकायका प्रमुखहरुको निर्वाचन पनि प्रत्यक्ष रुपमा हुनु पर्ने बताए ।

पार्टीका जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नेताहरु संगठन बिभाग प्रमुख जयकान्त राउत कुर्मी, मुकेश द्विवेदी,सीपु तिवारी, शशीकपुर मिया रम्भा मिश्र लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै