ट्रेन्डिङ

जसपा नेपालको बारा अधिवेशनमा भाडभैलो, अधिवेशनस्थलमा तालाबन्दी

वीरगन्ज । जनता समाजवादी पार्टी, नेपालको बारा जिल्ला अधिवेशनमा भाडभैलो भएको छ ।
कार्यक्रमस्थलमा समाजवादी युवा संघ, नेपाल र समाजवादी विद्यार्थी युनियन, नेपालले तालाबन्दी गरेको छ । आइतबार कार्यक्रमस्थालमा युवाहरुसँग गरिएको अभद्र र अपमानजनक व्यवहारमा दोषी देखिएकालाई कारवाही र विद्यार्थी तथा युवा संगठनबाट प्रतिनिधित्व गर्ने १५ जनालाई जिल्ला अधिवेशनमार्फत जिल्ला कार्यसमितिमा समावेश गर्नु पर्ने युवाहरुको माग छ ।

समाजावदी युवा संघका केन्द्रीय सचिव ओमप्रकाश यादव(मनिष)ले अधिवेशनबाट १५ जना युवालाई जिल्ला कार्यसमितिका समावेश गर्न माग गर्दै आन्दोलनको नेतृत्व गरेका छन् । ४० वर्ष वा ३० वर्ष भन्ने हुँदैन पार्टीको भातृसंगठन विद्यार्थी वा युवा संगठनमा आवद्ध भएका साथीहरुलाई जिल्ला समितिमा स्थान दिनु पर्ने युवा सचिव यादवको माग छ ।

‘हाम्रो माग के हो भने, पार्टीको विद्यार्थी र युवा संगठनमा आवद्ध भएका साथीहरुलाई जिल्ला कार्यसमितिमा लैजानु पर्यो, ४० वर्ष वा ३० वर्ष उमेरका कुनै पनि युवालाई ल्याएर हुँदैन ।’ युवा नेता यादवले भने, ‘हाम्रो साथीहरुसँग दुव्र्यवहार भएको छ, त्यसका दोषीहरुलाई पनि कारवाही गर्नुपर्छ ।’

जिल्ला कार्य समितिको पदाधिकारीमा एक जना, जिल्ला कार्यसमितिको कार्यकारिणी सदस्यमा ५ जना र जिल्ला सदस्यमा ९ जनालाई समावेश गर्नुपर्ने माग रहेको नेता यादवले बताए । हाम्रो माग सम्बोधन नभएसम्म अधिवेशन हुन नदिने उनको अडान छ । आज सोमबार ११ बजेदेखि मनोनयन गर्ने समय तोकिएपनि विवादका कारण मनोनयन प्रक्रिया केही पर धकेलिएको छ । विवादको छिनोफानो भएपछि मात्र अधिवेशन हुन दिने आन्दोलनरत युवा तथा विद्यार्थीहरुको भनाई छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै