ट्रेन्डिङ

बाराको अमलेखगञ्जमा तीनवटा सवारी ठोक्किँदा दुर्घटना, १९ जना घाइते

बारा । बाराको अमलेखगञ्जस्थित जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित ३ नम्बर पुल नजिक सवारी दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्।

मधेस प्रदेश अन्तर्गत आइतबार बिहान करिब ३ बजे भएको उक्त दुर्घटनामा दुईवटा यात्रुबाहक बस र एक कोइला लोड ट्रक आपसमा ठोक्किएका थिए।

पोखराबाट रौतहट जाँदै गरेको ग १ ख ११५४ नम्बरको बसलाई काकडभिट्टाबाट पोखरा जाँदै गरेको ग २ ख १६५५ नम्बरको अर्को बसले पछाडिबाट ठक्कर दिएको थियो।

ठक्करपछि अनियन्त्रित बनेको बसले सडकछेउमा रोकिराखिएको प्रदेश २–०३–००१ ख ५१८७ नम्बरको कोइला लोड ट्रकमा ठोक्किएर सडकबाट ५ मिटर तल खस्दा ठूलो दुर्घटना भएको इलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ।

दुर्घटनापछि बसका १९ यात्रु घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

घाइतेहरूको विवरण

दुर्घटनामा घाइते हुनेहरूमा चालक, सहचालकसहित यात्रुहरू रहेका छन्।

उनीहरूमध्ये केहीको अवस्था मध्यम रहेको छ। घाइतेहरूमध्ये उल्लेखनीय नामहरू यस्ता छन्:
• बस चालक रवि कुमार ताम्राकार (कास्की, मुखमा चोट)
• सहचालक वासुदेव अधिकारी (कास्की, दुबै खुट्टामा चोट)
• अनिल कुमार बस्नेत (तनहुँ, बायाँ खुट्टामा चोट)
• राजेन्द्र सुनुवार (ईलाम, टाउकोमा चोट)
• खर्क सिंह तुम्बापो (पाँचथर, नाकमा चोट)
• विलाश दास (भारत, निधार र दुबै हातमा चोट)
• रबिन्द्र माझी (सप्तरी, मुखमा चोट)
• भरत ईश्वर (सप्तरी, मुख र छातिमा चोट)
• बुद माया याव (पाँचथर, बायाँ खुट्टामा चोट)
• मनिषा राई (ईलाम, टाउको र मुखमा चोट)
• निशा लिम्बु (झापा, मुखमा चोट)
• अनुराग खड्का (दोलखा, टाउको र दुबै हातमा चोट)
• रेशम थापा (भारत, टाउको र दायाँ खुट्टामा चोट)
• सागर क्षेत्री (मुख र बायाँ हातमा चोट)
• दलबहादुर राई (ईलाम, निधारमा चोट)
• तेजबहादुर राई (ईलाम, अनुहार र खुट्टामा चोट)
• संजिव राई (अनुहार र शरीरमा चोट)
• टेकबहादुर राई (खोटाङ, टाउको र अनुहारमा चोट)

प्रहरी परिचालन र बाटो व्यवस्थापन
दुर्घटनापछि इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्राविधिक टोलीसहित १५ जना सुरक्षाकर्मी घटनास्थलमा खटिएका थिए।

यसैबीच, ग १ ख ११५४ नम्बरको बस र बस चालक तिलकबहादुर थापा मगरलाई नियन्त्रणमा लिइएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै