ट्रेन्डिङ

जनमतका केन्द्रीय कोषाअध्यक्ष यादवको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश

काठमाडौँ । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले यादवलाई हिरासतमा राख्नुको कारण देखाउन जिल्ला प्रहरी परिसर ललितपुरका नाममा आदेश जारी गरेको हो । यादवलाई गत वैशाख ७ गते प्रहरीले सप्तरीको राजविराजबाट पक्राउ गरेको थियो । ललितपुर प्रहरीमा उनीविरुद्ध ठगी र आपराधिक विश्वासघात गरेको भन्दै जाहेरी दर्ता भएको थियो ।

जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको थियो । हाल म्याद थप गरि गरलाई परिसरको हिरासतमा राखिएको छ । यादवको तर्फबाट श्रीमती ललिताकुमारी यादवले शुक्रबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै