
वीरगन्ज । पर्साको पकहामैनपुर गाउँपालिकामा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।
गाउँपालिकाको वडा नम्बर-२ निवासी रमेश दासको ७ वर्षीया छोरी रोशनी दासको हिजो मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुर्याहाँका कट्टिमठ अगाडी पोखरीको डिलमा हिजो बाख्रा चराउने क्रममा सर्पले टोकेको थियो ।
उपचारको क्रममा नारायणी अस्पतालमा बालिका दासको मृत्यु भएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।