ट्रेन्डिङ

मधेस मुख्यमन्त्री सिंह कलैयामा निजी अस्पतालको अनुगमनमा, योगशिला अस्पताललाई बन्द गर्न निर्देशन

कलैया । मधेस मुख्यमन्त्री सतिस सिंहले बाराको कलैयामा निजी अस्तपताहरुको अनुगमन गरिरहेका छन् । शनिबार विहानदेखि मुख्यमन्त्री सिंहले निजी अस्पतालहरुको अनुगमन सुरु गरेका हुन ।

कलैयामा रहेका निजी अस्पतालहरुको सेवा प्रवाह, व्यवस्थापन तथा गुणस्तरीयताको बारेमा जाँचका लागि मुख्यमन्त्री सिंहले अनुगमन गरिरहेको जनाइएको छ । मुख्यमन्त्री सचिवालयका अनुसार अहिलेसम्म मुख्यमन्त्री योगशिला अस्पताल प्रालिको सेवाबारे जाँच गरिरहेका छन् ।

मापदण्डविरीत योगशिला अस्पताल सञ्चालित रहेकोले तत्कालै बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । १५ शय्याको अस्पतालमो अप्रेसन गर्न नमिल्ने भएको भन्दै मुख्यमन्त्री सिंहले उक्त अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिएको बताइएको छ ।

गएको २५ माघदेखि मुख्यमन्त्री सिंहले प्रदेशमा रहेका निजी अस्पतालहरुको अवस्थाबारे बुझनका लागि अभियानको थालनी गरेका थिए । जनकपुरबाट अप्रेसन अस्पतालको अभियान सुरु गर्दै मुख्यमन्त्री सिंहले अहिले हरेक जिल्लामा निजी अस्पतालहरुको अनुगमनको तिव्रता दिएका छन् ।

यो अढाइ महिनामा मुख्यमन्त्री सिंहले १८० वटा निजी अस्पतालहरुको अनुगमन गरिसकेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । जसमध्ये १३३ वटा निजी अस्पतालहरु मापदण्डविपरीत सञ्चालित रहेको पाइएको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै