ट्रेन्डिङ

शिक्षामन्त्री रघुजी पन्तले लिए शपथ

काठमाण्डौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री पन्तलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीले यहि वैशाख १० गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका थिए ।

यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि रिक्त स्थानमा पन्तलाई नियुक्त गरिएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै