ट्रेन्डिङ

सर्लाही बागमतीका निलम्बित मेयरविरुद्ध पून: मुद्दा, के हो कसूर ?

सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्ध पून: मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध बिहीबार विशेष अदालतमा तेस्रो मुद्दा दर्ता गरेको हो ।

२०८० चैत २८ गते र २०८१ जेठ २९ गते फरक फरक अभियोग पत्र दायर गर्दै ३५ करोड ३० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले पुनः तेस्रो मुद्दा दायर भएको हो ।

बिहीबार अख्तियारले थापासहित उपप्रमुख लिलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध वन अतिक्रमण, ताल निर्माण र ढुङ्गा–गिट्टी–बालुवा–माटो उत्खनन गरी हानीनोक्सानी गरेको आरोपसहित उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

अख्तियारले ४ लाख ७० हजार २८५ घनमिटर वन पैदावार उत्खनन् गरी बिक्री वितरण तथा अन्य संरचनामा प्रयोग गरेको आरोपमा उनीहरुविरुद्ध ५ वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ ।

यसअघि अख्तियारले निलम्बित मेयर थापाविरुद्ध दायर गरेका दुई मुद्दामा विशेषले गत वैशाख ७ गते मात्रै थप प्रमाण बुझ्ने आदेश गरेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै