ट्रेन्डिङ

एमाले वीरगन्ज महानगरको मतगणना जारी, अध्यक्षका उम्मेदवार शर्माको अग्रता

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले वीरगन्ज महानगर कमिटिको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनामा उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

अध्यक्ष पदका उम्मेदवार नवराज शर्माले निकटतम् प्रतिस्पर्धी सुन्दर कुर्मीलाई पछि पार्दै अग्रता कायम गरेका छन् । गणना भएका १ सय ५० मतमध्ये शर्माले ९४ मत प्राप्त गरी ३९ मतान्तर पु¥याएका छन् । कुर्मीले भने ५५ मत प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्ष पदका उम्मेदवार राम किशोर सिंह (पराग) र जले आलमबीच कडा प्रतिस्पर्धा देखिएको छ । सिंहले ८१ मत प्राप्त गरी आलमसँग २ मतको मतान्तर गरेका छन् । आलमले ७९ मत प्राप्त गरी कडा प्रतिस्पर्धा दिइरहेका छन् ।

यसैगरी अनिश अन्सारी ५६, लियाकत अली ८८, आमोद यादव ९०, जय नारायण कुर्मी ८७, अर्चना अधिकारी ६०, विमला श्रीवास्तव ८३ मत प्राप्त गरेका छन् । मंगलबार बिहान साढे ८ बजेदेखि नयाँ नेतृत्व चयनका लागि भएको मतदान दिउँसो २ बजे सम्पन्न भएको थियो । दिउँसो तीन बजेदेखि सुरु भएको मतगणनाको परिणाम आज राति ८ बजेसम्ममा आउने बताइएको छ । आज भएको मतदानमा २ सय ५६ जना मतदातामध्ये २ सय ४८ जनाले मत खसालेका छन् । ८ जना मतदाता भने अनुपस्थित रहेको एमाले पर्साका सचिव महेश दासले जानकारी दिए ।

नोमिनेशन भएको ११ दिन पश्चात वीरगन्ज महानगर कमिटिको नयाँ नेतृत्वका लागि आज मतदान भएको हो । नोमिनेशनकै दिन वीरगन्जमा कफ्र्यू लागेपछि निर्वाचन स्थनगन गरिएको थियो । गएको ३० गते महानगरको कमिटि नयाँ नेतृत्वको चयनका लागि नोमिनेशन भएको थियो । ८३ पदका लागि निर्वाचन हुँदैछ । अध्यक्ष पदमा २ जना, उपाध्यक्षमा २ जना, सचिवमा ४ जना र उपसचिवमा ४ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै