ट्रेन्डिङ

देशभरमा ९५ जना हैजाका बिरामी, रौतहटबाट मात्रै १२ संक्रमित

काठमाण्डौँ । देशभर ९५ जनामा हैजा संक्रमण पुष्टि भएको छ । साउनयता देशभरबाट नौ जिल्लाका ९५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ९५ जना हैजा सङ्क्रमितहरुमध्ये २१ जना भने अस्पताल भर्ना भइ उपचाररत छन् ।

ईडीसीडीका अनुसार सबैभन्दा बढी ललितपुरबाट ५४ जनालाई हैजा देखिएको छ । त्यसपछि काठमाडौँका १२ जना, रौतहट १२, कैलालीका ८ जना, प्युठानका २ जना हैजाका बिरामी भेटिएका छन् ।

यस्तै रोल्पाका ४ जनामा, मकवानपुर, सिन्धुपाल्चोक र अछामबाट समेत क्रमशः १÷१ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै