
वीरगन्ज । वीरगन्ज महानगरपालिकाको परवानीपुरमा आज दिउँसो सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
महानगरपको वडा नम्बर– २१ म ट्रकले ठक्कर दिँदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ना ६ ख ७६०९ नम्बरको ट्रकले मधेस प्रदेशको प्रदेश २–०३–०२१ प ६३०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु हो ।
मृत्यु हुनेमा परवानीपुर गाउँ निवासी प्रदीप गुप्ता रहेको स्थानीय प्रत्यक्षदर्शी मोस्तकिम देवानले जनाए । मोटरसाइकलाई ठक्कर दिने ट्रक भने पर्साको परवानीपुर प्रहरी चौकीमा राखिएको छ । उनका अनुसार उक्त ट्रकले मोटरसाइकललाई ठक्कर दिएपछि सोही बेला सरकारी नम्बरको ट्रयाक्टरलाई पनि ठक्कर दिएको थियो । ट्रयाक्टरमा सामान्य क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।
मृतकको शव भने पोष्टमार्टमका लागि नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।