
वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले वीरगन्ज महानगर कमिटिको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।
मंगलबार बिहान साढे ८ बजेदेखि नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको मतदान दिउँसो २ बजे सम्पन्न भएको नेकपा एमाले पर्साका सचिव महेश दासले जानकारी दिए । नोमिनेशन भएको ११ दिन पश्चात वीरगन्ज महानगर कमिटिको नयाँ नेतृत्वका लागि आज मतदान भएको हो । नोमिनेशनकै दिन वीरगन्जमा कफ्र्यू लागेपछि निर्वाचन स्थनगन गरिएको थियो । वीरगन्जको क्लासिक व्याङक्युटमा दिउँसो ३ बजेदेखि मतगणना सुरु हुने सचिव दासले बताए ।
गएको ३० गते महानगरको कमिटि नयाँ नेतृत्वको चयनका लागि नोमिनेशन भएको थियो । ८३ पदका लागि निर्वाचन हुँदैछ । अध्यक्ष पदमा २ जना, उपाध्यक्षमा २ जना, सचिवमा ४ जना र उपसचिवमा ४ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि सुन्दर राउत कुर्मी र नवराज शर्माबिच कडा प्रतिस्पर्धा हुने आंकलन छ । आज भएको मतदानमा २ सय ५६ जना मतदातामध्ये २ सय ४८ जनाले मत खसालेका छन् । ८ जना मतदाता भने अनुपस्थित रहेको सचिव दासले बताए ।