ट्रेन्डिङ

तोलामा ६ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, २ लाख पुग्ने अनुमान

काठमाडौं । सुनको मूल्य आज झन नयाँ रेकर्ड कायम गरेको छ ।

बजारमा सुनको मूल्य झन्डै दुई लाख नजिक पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो ।

यसअघि सोमबार वैशाख ८ गते सुनको मूल्यमा रेकर्ड कायम भएको थियो।

सो दिन छापावाल सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

केही समयदेखि लगातार उकालो लागेको सुनको मूल्य २ लाख पुग्ने रफ्तारमा देखिन्छ।

चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १९ सय ७० रुपैयाँ कायम भएको छ।

सोमबार चाँदीको भाउ प्रतितोला १९ सय ६० रुपैयाँ कायम रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै