
वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले वीरगन्ज महानगर कमिटिको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
मंगलबार विहान साढे ८ बजेदेखि नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको अध्यक्ष मण्डलका अध्यक्ष बिचारी यादवले बताए ।
उनका अनुसार यो मतदान दिउँसो २ बजेसम्म चल्नेछ ।
नोमिनेशन भएको ११ दिन पश्चात वीरगन्ज महानगर कमिटिको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।
नोमिनेशनकै दिन कर्फ्यू लागेपछि निर्वाचन स्थनगन गरिएको थियो ।
गएको ३० गते महानगरको कमिटि नयाँ नेतृत्वको चयनका लागि नोमिनेशन भएको थियो ।
८३ पदका लागि निर्वाचन हुँदैछ । अध्यक्ष पदमा २ जना, उपाध्यक्षमा २ जना, सचिवमा ४ जना र उपसचिवमा ४ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्ष पदका लागि सुन्दर राउत कुर्मी र नवराज शर्माबिच कडा प्रतिस्पर्धा हुने आंकलन छ ।
आजको मतदानमा २५६ जना मतदाताले मतदान गर्ने अध्यक्ष मण्डलका अध्यक्ष यादवले बताए ।