ट्रेन्डिङ

तेजाब तथा अन्य रासायनिक पदार्थको अनुमति बेगर बेचबिखनमा पर्सा सिडिओ कार्यालयले लगायो रोक

बीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले तेजाब तथा अन्य घातक रासायानिक पदार्थको कारोबारमा रोक लगाएको छ ।

मंगलबार एक सूचना जारी गर्दै जिल्लामा अनुमति बेगर तेजाब तथा अन्य रासायनिक पदार्थको प्रयोग एवम् बिक्री वितरण नगर्न अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी उत्तम कुमार घिमिरेले सुचना जारी गर्दै यस्तो अनुरोध गरेका हुन् । जिल्ला प्रशासन कार्यालयबाट बिक्री तथा प्रयोग गर्ने अनुमति लिएर मात्र तेजाब तथा अन्य घातक रासायनिक पदार्थको बिक्री तथा प्रयोग गर्न सूचनामा भनिएको छ ।

जिल्ला प्रशासनको सूचनामा भनिएको छ, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन ऐन, २०७९ को दफा ४ ९ख० बमोजिम बिक्री अनुमति एवम् सोही ऐनको दफा ११९४० बमोजिम तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्रयोग गर्ने उद्योग, प्रयोगशाला, अनुसन्धानशाला, शैक्षिक संस्था, कार्यशाला, वर्कशप, धातुका गहना बनाउने वा अन्य कुनै यस्तै व्यवसायिक काम गर्ने फर्म, कम्पनी वा व्यक्तिले प्रयोग अनुमति लिइ मात्र प्रयोग गर्नुपर्ने व्यवस्था बमोजिम यस कार्यालयबाट बिक्री÷प्रयोग अनुमति लिई कारोबार गर्नु÷गराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

‘ऐनको विपरित गई वा अनुमति बिना बिक्री वितरण गरेको पाइएमा, प्रयोग गरेमा, प्रयोग अनुमतिको म्याद नाघेका फर्म, कम्पनी तथा व्यक्तिलाई कानुन बमोजिम कारवाही हुनेछ,’ सिडिओ कार्यालयको चेतावनी छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै