बारा । बारामा आज दिउँसो कार र टिपर ठोक्किँदा दुइजनाको मृत्यु भएको छ ।
निजगढ –कलैया सडकखण्डमा कार र टिपर एकापसमा ठोकिएर दुइजनाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
१३ किलो भन्ने ठाउँमा भएको दुर्घटनामा सर्लाही बरहथवा बस्ने हरिनारायण शर्मा मृत्यु र कार चालकको मृत्यु भएको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए ।
उनका अनुसार कार चालकको नाम र ठेगाना भने अहिले खुल्न सकेको छैन । पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेशको ०१–०२५– ख ५०७८ं६ र पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेशको २–०३–००१– ख ०६०७ नम्बरको टिपर एक आपसमा
ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा विस्तृत अध्ययन सुरु गरिएको बारा प्रहरी बताउँछ ।