वीरगन्ज। मकवानपुरमा सवारी दुर्घटनामा परी आज मधेश प्रदेसको दुइजनाको मृत्यु भएको छ । भने १४ जना घाइते भएका छन् ।
काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको तथा १४ जना घाइते भएको मकवानपुर प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी रौतहटकी ५० वर्षीया नीलमदेवी राउत र सर्लाहीकी १३ वर्षीया मानुसी मगरको मृत्यु भएको मकवानपुरगढीका प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीले जनाए ।
राउतको उपचारको क्रममा आज बिहान हेटौँडा अस्पतालमा मृत्यु भएको हो भने मगरको शव घटनास्थल नजिकैको खोल्सामा फेला परेको प्रहरी भनाइ छ ।
गाडीमा चालकसहित १६ जना सवार थिए दुर्घटनामा घाइते भएका १० जनाको हेटौँडा अस्पताल र अन्यको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।