ट्रेन्डिङ

कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खुला

काठमाण्डौँ । कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खुला गरिएको छ । उक्त सडकखण्ड सञ्चालनमा रोक लगाउने भनिए पनि खुला गरिएको हो ।

सडक कालोपत्र गर्नका लागि मंगलबार अर्थात् असोज ८ गतेदेखि १९ गतेसम्म १२ दिन सवारीसाधन ओहोरदोहोरमा रोक लगाउने निर्णय गरिएको थियो । दशैँको पूर्वसन्ध्यामा सवारीसाधनमा सञ्चालनमा रोक लगाउँदा विभिन्न किसिमको समस्या हुने भएकाले सडक कालोपत्रको काम स्थगित गरेर सवारीसाधनको आउजाउ खुला परिएको जनाइएको छ ।

सडक कालोपत्र गर्ने कार्य अहिलेलाई स्थगित गरेर सवारीसाधनमा सञ्चालनमा रोक नलगाइएको दक्षिणकाली नगरपालिकाले जानकारी दिएको छ । दक्षिणकाली–छैमले खण्ड कालोपत्र गर्न १२ दिन सवारी आवागमनमा रोक लगाइने सूचना नगरपालिकाले जारी गरेको थियो ।

नगर प्रमुख मोहन बस्नेतका अनुसार दसैंअघि कालोपत्र गर्दा यात्रुलगायत स्थानीयवासीलाई पनि समस्या हुने भएकाले अहिलेलाई कालोपत्र गर्ने काम स्थागित गरिएको बताए ।

उक्त सडक राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौंडाअन्तर्गत ठेक्का लगाएर निर्माण कार्य भइरहेको छ ।

हेटौंडा–काठमाडौं छोटो दूरीको वैकल्पिक सडकको रुपमा यो सडक प्रयोग हुदैँ आएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै