रौतहट । जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन यादवको विजयी भएका छन् ।
आफ्ना निकटम प्रतिद्वन्द्वीसंग उनी ६६ मतको अन्तरले विजयी भएका हुन्।
बिहीबार जिल्ला कार्यसमितिको अध्यक्ष , पदाधिकारी एवम सदस्यहरुको चयनका लागि भएको निर्वाचनमा अध्यक्ष यादवको पूरै प्यानल विजयी भएको हो ।
रञ्जनले १९७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष श्याम विहारी यादवले १३० मत ल्याएको जनाइएको छ।
यसैगरी उपाध्यक्षमा उनको प्यानलका पारस भण्डारी (१९८) , र अमरुल हक (१८५) विजयी भएका छन भने
उनको निकटतम प्रतिद्वन्द्वी अमृतलाल चौधरीले १०९ र रामेश्वर रायले १३२ मत प्राप्त गरेका थिए।
सचिवमा शम्भु प्रसाद यादव १९१ मत सहित विजयी भएका छन् ।
त्यस्तै सहसचिवमा उपेन्द्र राय १८६ ,दीपेन्द्र पटेल १९७ मत प्राप्त गरी निर्वाचित भएका छन ।
कोषाध्यक्षमा बृज मोहन साहले १७२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्य पदका लागि ४२ जना निर्विरोध निर्वाचित भएका छन्।
जसपा रौतहटका अध्यक्ष राजीव रञ्जन यादवको नेतृत्वमा ४९ सदस्यीय जिल्ला कमिटी गठन भएको जनाइएको छ ।