जनकपुर । महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा दीपेन्द्र नारायण चौधरीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ।
कार्यालयका खरिदार मुन्नुकुमार दास र लेखापढी कानुन व्यवसायी जिवछ महतोले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घुस मागिरहेको उजुरीका आधारमा अख्तियारको टोलीले पक्राउ गरेको हो।
अनुसन्धानका क्रममा नायब सुब्बा चौधरीको समेत मिलोमतो रहेको पुष्टि भएको अख्तियारले जनाएको छ।
उनीहरुविरुद्ध एक महिनादेखि छ महिनासम्म कैद सजाय र ३५ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ।