Close This

ट्रेन्डिङ

सत्ता र शक्तिको दुरुपयोगले असहज स्थिति आउने रास्वपा पर्सा अध्यक्ष पन्तको चेतावनी

बीरगन्ज । राष्ट्रीय स्वतन्त्र पार्टी ( रास्वपा) ले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबुु अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुुझाएको छ ।

पार्टी सभापति लामिछनेलाई राजनीतिक प्रतिशोधका आधारमा धरपकड गर्न खोजिएको बिरोधमा ज्ञापनपत्र बुुझाइएको पर्साका अध्यक्ष हरि पन्तले बताए । सहकारी ठगी प्रकरण छानविन गर्न बनेको उच्चस्तरीय संसदीय छानविन समितिको प्रतिवेदनको खिालाफ हुने गरि आफ्ना सभापतिलाई पक्राउ गर्न खोजिएकोले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुुझाएको हो ।

रास्वपा पर्साका संयोजक पन्त नेतृत्वको टोलीले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुुझाउदै सरकारको कदमविरुद्ध सचेत गराएको हो । टोलीले रवि लामिछाने निर्दोष छन्, राजनीतिक प्रतिशोध साध्न पाइँदैन, सहकारी पीडितहरुको ८७ अर्ब रुपैँया फिर्ता गर, ८७ अर्ब ठग्ने असली सहकारी ठगहरुलाई कारबाही गर, सहकारी पीडितहरुको रकम फिर्ता गर लगायतका प्लेकार्ड लिई नारा लगाएका थिए ।

पार्टीका पर्सा जिल्ला सभापति पन्तको नेतृत्वमा आदर्शनगरबाट निस्केको जुलुश जिल्ला प्रशासन कार्यालयमा पुुगी ज्ञापन बुुझाई माइस्थानमा गएर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै जिल्ला सभापति पन्तले सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन खबरदारी गरे । उनले सरकार यही बाटोबाट अगाडि बढे नेपाली जनताले श्रीलंका र बाङ्लादेशझै ८४ अघिनै सत्ता कब्जा गर्ने बताए ।

सत्ता र शक्तिको दुरुपयोग गर्दै ऐन कानुन मिचेर प्रतिशोध साधिए त्यसबाट उत्पन्न हुने सम्पूर्ण असहज परिस्थितिको जिम्मेवार सरकार हुने चेतावनी समेत उनले दिएका छन् । उनले सत्ता स्थायी नहुने र नेपाली जनताले सबै गतिविधि नजिकबाट नियालिरहेकोले यसको हिसाब किताब पनि चाडै गर्ने बताए ।

रास्वपाका क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र, फैयाद मियाँ, प्रदेश सदस्य तुलसा पौडेल, सुदिश प्रजापति, प्रचार बिभागका प्रदेश प्रमुख राम सर्राफ, सङगठन र शिक्षा विभागका प्रमुख राम प्रमोद रायमाझी, राम आर्य, सोनालाल पटेल, पालिका सभापति माधब बस्नेत, उमेश यादब, चन्दन गुप्ता र प्रदीप पटेल लगायतका नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सभालाइ केन्द्रिय सदस्य डा नन्दन यादब र पूर्व संयोजक दिलिप कुर्मीले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै