ट्रेन्डिङ

पर्साबाट झण्डै ५९ लाख मूल्य बराबरका भन्सार छलीका सामानसहित ट्रक पक्राउ

बीरगन्ज । पर्साबाट प्रहरीले झण्डै ५९ लाख मूल्य बराबरका भन्सार छलीका सामानसहितको ट्रक पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा प्रहरीले बीरगन्ज महानगरपालिका वडा नम्बर २५ आइसीपी चोकबाट भन्सार छलीका सामानसहितको ट्रक पक्राउ गरेको हो ।

वीरगञ्जबाट काठमाण्डौँतर्फ जाँदै गरेको बा ३ ख ९८४५ नम्बरको ट्रक नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक दिपक भारतीले बताए । उनका अनुसार ट्रकमा लोड रहेका ५८ लाख ८६ हजार मूल्य बराबरका कस्मेटिक सामानको बिल शंकास्पद देखिएकोले नियन्त्रणमा लिइएको हो ।

बरामद सामानसहित ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै