
काठमाण्डौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सामाजिक सञ्जालका साथै सञ्चारमाध्यममा पार्टीविरुद्ध लेख्न तथा बोल्न रोक लगाएको छ ।
पार्टीका कार्यकारिणी समितिको बैठकपछि महासचिव लालबाबु राउतले जारी गरेको परिपत्रमा पार्टी वा पार्टीसँग आबद्ध सङ्गठनका पदाधिकारी एवं सदस्यहरूका लागि यस्तो रोक लगाइएको हो ।
पार्टी हितलाई आघात पुग्ने गरी फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल वा सार्वजनिक सञ्चारमाध्यमका लेख्न र बोल्न रोक लगाइएको परिपत्रमा उल्लेख छ ।
यसअघि समेत अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेका थिए ।