
बीरगन्ज । पूर्वमन्त्री भगवती चौधरीले चाडपर्व सबैले अपनत्व ग्रहण गर्ने प्रकारको हुनुपर्नेमा जोड दिएकी छन् । पछिल्लो समय अधिकांस चाडपर्वहरू भड्किलो बन्दै गएको भन्दै यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएकी हुन् ।
थारु महिला तथा तराइवासी महिलाहरूको जितिया पर्वको अवसरमा सृजनशील महिला एकता समाज गढी गाउँपालिका सुनसरीले औरबनीमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वमन्त्री चौधरीले यस्तो बताएकी हुन् ।
उनले चाडपर्वको नाममा हुने अनावश्यक तडकभडक अन्त्य हुनुपर्ने बताएकी छन् । उनले भन्नि, ‘चाडपर्वको संरक्षण गर्नु हाम्रो दायित्व हो । तर पछिल्लो समय चाडपर्वहरू भड्किलो बन्दै गयो । यो कसैका लागि राम्रो कुरा हैन । चाडपर्वहरू सबैले अपनत्व ग्रहण गर्ने खालको बन्नुपर्छ ।’
चाडपर्वमा अनावश्यक तडकभडक गर्दा आर्थिक नोक्सानी तथा समयको पनि खर्च हुुने उनको भनाइ थियो ।