ट्रेन्डिङ

कुटपिटबाट आफ्नै बुुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

बीरगन्ज । आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा सिरहाबाट एकजना पक्राउ परेका छन् । ६५ वर्षीय भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनका छोरालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा औरही गाउँपालिका वडा नम्बर ३ खजनपुर बस्ने ३८ वर्षका शैलेन्द्र कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उनलाई सोमबार बेलुकी पक्राउ गरिएको हो ।

शैलेन्द्र र उनकी श्रीमती रेणु कुमारी यादवले घरायसी विवादको कारण कुटपिट गर्दा भालेश्वर घाइते भएका खबर प्रहरीलाई गएको थियो । घटनाबारे खबर पाएलगत्तै प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले शैलेन्द्रलाई पक्राउ गरेको बताइएको छ ।

कुटपिटबाट घाइते भालेश्वरलाई उपचारका लागि प्रादेशिक अस्पताल पठाइएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लैजाने क्रममा बिच बाटोमै मृत्यु भएको प्रहरी बताउँछ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै