ट्रेन्डिङ

भोट ठाकुरराम बहुमुखी क्याम्पस स्ववियुको : लडाइँ जनार्दन सिंह भर्सेस श्याम पटेल, हुँदैछ –गुट/उपगुटको शक्ति परीक्षण

कुन गुटले मार्ला बाजी ?

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको रस्साकस्सी बढेसंगै पर्सा कांग्रेसभित्रको किचलो उदाङ्गिएको छ ।

ठाकुरराम बहुमुखी क्याम्पसको चुनावको एक दिन मात्रै बाँकी रहँदा कांग्रेसभित्रको गुट/उपगुटको विवाद सतहमा आएको छ । पार्टीले एकजनालाई आधिकारिक उम्मेदवार भनेर भोट मागिरहेको छ भने अर्को गुटले आफ्‌नो बेग्लै उम्मेदवार खडा गरिदिएको छ ।

पार्टी सभापति जनार्दन सिंह क्षेत्रीले स्ववियुको चुनावमा पार्टीको आधिकारिक उम्मेदवार विकास मण्डल रहेको सोमबार पत्रकार सम्मेलन गरेर नै सार्वजनिक गरेका छन् । यता प्रदेश सांसद श्याम पटेलको अर्को गुटले भने आफ्‌नो उम्मेदवार राजकुमार यादवलाई बताइरहेका छन् ।

यी दुबै गुटले आफ्‌नो उम्मेदवारका लागि खुलेरै भोट मागिरहेका छन, जुनकारणले कांग्रेस पर्साभित्रको किचलो छरपस्ट भइरहेको छ ।  कांग्रेसले सोमबार आफ्‌नो आधिकारिक उम्मेदवारको बारेमा घोषणा गरेको छ ।

पार्टी कार्यालयमा एक पत्रकार सम्मेलनको आयोजना गरेर कांग्रेसको आधिकारिक उम्मेदवार भनेर विकास मण्डललाइ चिनाइएको छ, उनै मण्डललाई भोट दिन पनि आग्रह गरिएको छ ।

तर अर्को यहाँ प्रश्न गम्भीर उठेको छ, त्यो प्रश्न भनेको चुनावको एक दिन बाँकी रहँदा पर्सा कांग्रेसले किन अचानक पत्रकार सम्मेलन गरेर आफ्‌नो आधिकारिक उम्मेदवारको बारे जानकारी गरायो ? यही आधिकारिक उम्मेदवार हो भनेर किन हौवा पिट्नु पर्‍यो ? यी प्रश्नहरु यतिबेला गम्भीर मात्रै बनेका छन, अर्थपूर्णरुपमा हेरिएको छ ।

जानकारका अनुसार यसको पछाडि दुइवटा कारण छज् । त्यो भनेको कांग्रेसले आधिकारिकरुपमा उठाएको उम्मेदवार निक्कै कमजोर देखिएका होलान, जुनकारणले कांग्रेसको आफ्‌नो आधिकारिक उम्मेदवार घोषणा गर्नुपर्‍यो ।
उनका अनुसार यसको राजनीतिक अर्थ के हो भने यति गरिसकेपछि कांग्रेससंग आस्था राख्ने मतदाताको भोट आउनु हो ।

‘पार्टीले नै यसरी घोषणा गरिसकेपछि समर्थकहरुले भोट दिउन, अनि उम्मेदवार जितोस भन्ने चाहना हो,’ उनले भने । दोस्रो कारणमा, यो मेरो गुटको उम्मेदवार हो, यसलाई सहयोग गर्नु होला भन्ने देखाउनका लागि हो । यही दुइकारणले पत्रकार सम्मेलन गरिएको हुन सक्ने एक विद्यार्थी नेताले बताए ।

कसले मार्ला बाजी ?

अब कुरा गरौं काग्रेसभित्रको गुटको र ठाकुररामभित्रको चुनावको रहस्यबारे ।

यहाँको चुनावमा कांग्रेसको आधिकारिक उम्मेलवार र बागी उम्मेदवारबिच नै प्रतिस्पर्धा हुने गरेको छ । प्राय : बागी उम्मेदवारले बाजी मार्ने गरेको ठाकुररामको इतिहास छ । त्यस मानेमा यो वर्ष पनि त्यस्तो अवस्था देखिएको छ ।

यो वर्षको चुनावमा पनि कांग्रेसको अर्को समूहले उठाएको उम्मेदवार राजकुमार यादवले बाजी मार्ने सम्भावना बढ्दै गएको चर्चा चुलिएको छ । कारण– बागी उम्मेदवारलाई कांग्रेसभित्रको सुरेन्द्र चौधरी, अजय द्विवेदी, अप्रत्यक्षरुपमा अजय चौरसिया, प्रदेश सांसद श्याम पटेलसहित अधिकांश ठाकुरराममा विद्यार्थीको रजनीतिक गरेका विद्यार्थीहरु नेताहरुको सहयोग छ । एक ताकाका विद्यार्थी नेताहरु बैकुण्ठ श्रीवास्तव, बद्री तिवारी, विश्वास द्विवेदीसहितका धेरै विद्यार्थी नेताहरु खुलेरै भोट मागिरहेका छन, जुनकारण यादव समूह धेरै बलियो देखिएको छ ।

यता आधिकारिक उम्मेदवारतर्फ भने जनार्दन सिंह क्षेत्रीसहित अनिल रुंग्टा, राकेश सिंह, इम्तेयाज आलम, नबिन सिंह र अप्रत्यक्षरुपमा रमेश रिजालको समर्थन रहेको देखिन्छ ।

यो समूहमा रहेका जिल्लाका नेताहरुको भने ठाकुरराम क्याम्पसमा त्यति पकड नभएको बताइन्छ । एक विद्यार्थी नेताका अनुसार सभापतिसहितका टोलीको भने ठाकुरराम क्याम्पसमा त्यति पकड नै नरहेको अवस्था छ, जुनकारणले यो समूहको उम्मेदवार कमजोर देखिएका छन् ।

चुनावमार्फत कांग्रेसको गुट/उपगुटको शक्ति परीक्षण

पर्सा कांग्रेसभित्र चरम गुट/उपगुट छ । एक पक्षले चुनाव जितेपछि उसले आफ्‌नो गुट अनुसार राजनीतिक गरिरहन्छ, जुनकारण अर्को पक्ष भने असन्तुष्ट बन्दै जान्छ ।

यहीकारण पर्सा कांग्रेसभित्रको गुट/उपगुटभित्रको लडाइँको कहिल्यै अन्त्य हुँदैन । तर अहिले भने कांग्रेसभित्रको गुटको विवाद एकदम सतहमा आएको छ, त्यसकारण यो चुनावमार्फत दुइवटै गुटले आफ्‌नो शक्ति परीक्षण गरिरहेको छ ।

यो चुनावमा अप्रत्यक्षरुपमा पार्टी सभापति जनार्दन सिंह क्षेत्रीको गुटमा पूर्वमन्त्री रमेश रिजाल, केन्द्रिय सदस्य अनिल रुग्टा देखिएका छन् । भने प्रदेश सांसद श्याम पटेललको गुटमा पूर्वमन्त्री सुरेन्द्र चौधरी, कांग्रेसका पूर्व पाटी सभापति अजय द्विवेदी, अजयकुमार चौरसियासहितका नेताहरु खडा भएका छन् ।

त्यसकारण यो चुनावमा कांग्रेसका यी दुइवटै गुटले आफू फिल्डमा कति बलियो रहेको छ त्यसको मापन गरिरहेको एक राजनीतिक विश्लेषक बताउँछन् ।

उनका अनुसार यही चुनावले पार्टीभित्रको गुटको पनि कित्ताकाट हुने भएकाले यो चुनाव खासगरी दुइवटै समूहका लागि महत्वपूर्ण ठानिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै