वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचयपत्र विवरण संकलन सम्बन्धीको सेवालाई खुकुलो बनाएको छ ।
सधै कार्यालय समयबाट दिइने सेवालाई जिल्ला प्रशासन कार्यालयले भने भोलीदेखि विहानैबाट यो सेवा प्रवाह गर्न लागेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गर्दै परिचय पत्र बाँडने समय थपिएको जानकारी दिएको छ ।
राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भीड बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले समयवाधि थपेको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले राष्ट्रिय परिचयपत्र विवरण संकलन सम्बन्धीको सेवा विहानदेखि नै लागु गरिएको बताए ।
उनले जारी गरेको विज्ञप्तिमा लेखेका छन्, ‘यस कार्यालयमा राष्ट्रिय परिचयपत्र लिने सेवाग्राहीको भीड धेरै बढ्न थाल्यो, त्यसकारण भोलीको मितिदेखि नै सार्वजनिक विदाबाहेका दिनमा हामीले विहान साढे ७ बजेदेखि राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम गर्नेछौं, बेलुका ७ बजेसम्म हामीले यो सेवा दिनेछौं ।’
यही समय अनुसार आफ्नो सेवा लिन आउन सर्वसाधारण जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ ।