ट्रेन्डिङ

नेपाली नक्कली नोटमा अनोठौ धन्दा, नोट साइजको कागज राखेर नक्कली नोटको बण्डल भित्राए, पाँचजना सर्लाहीबाट पक्राउ

वीरगन्ज । सर्लाही प्रहरीले नेपाली नक्कली नोटपनि कागजको बण्डल राखेर ल्याउँदै गरेको पाँचजनालाई पक्राउ गरेको छ ।

सर्लाही प्रहरीबाट खटिएको टोलीले जाँच गर्दा नोट साइजको कागजको बण्डल बनाइ तल र माथि एक÷एक हजारको नेपाली नक्कली नोट राखेर ल्याउँदै गरेको अवस्थामा पाँचजनालाई पक्राउ गरेको हो ।

भारतबाट तीनवटा मोटरसाइकलमा नेपाल आउँदै गरेका पाँच जनाबाट १ लाख ७६ नेपाली नक्कली नोट बरामद गरेको सर्लाही प्रहरी प्रवक्ता सरोज राइले जनाए ।

प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका–७ का सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९ का रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका–७ निवासी दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ का रामपृत सहनी र ब्रह्मपुरी गाउँपालिका–२ निवासी सिहानता कुमारी देवीलाइ पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीको विशेष टोलील बा ४७ प ८७५७ नेपाली नम्बरको एउटा मोटरसाइकलसहित बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३९४९ नम्बरको तीनवटा भारतीय मोटरसाइकल बरामद गरेको छ ।

मलंगवा नगरपालिका–८ स्थित गोरखकालीस्थित सडकखण्डमा जाँच गर्दा कार्टुनमा प्याक गरी ल्याउँदै गरेको १ हजार दरका १७६ थान नेपाली नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

प्रहरी भन्छ, ‘पक्राउ परेकाहरुले नोट साइजको सेतो बण्डल बनाइ त्यसको बिचमा सादा सेतो पेपर राखेका थिए, त्यही सादा पेपरको तल र माथि भने एक÷एक हजारको नेपाली नक्कली नोट राखेका थिए । यसरी उनीहरुले ८८ वटा बण्डलमा नेपाली नक्कली नोट राखेका थिए, त्यो हरेक बण्डलमा तल र माथि गरी दुइ हजार नक्कली नोट राखिएको रहेछ ।’

यसको साथै प्रहरीले उनीहरुको साथबमट चार थान मोबाइल पनि बरामद गरेको छ ।

पक्राउ परेका पाँच जना उपर मुद्रा सम्बन्धी कसूरमा जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै