प्रकृति अधिकारी
बीरगन्ज । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार बीरगन्ज आउँदैछन् ।
मधेशको आर्थिक राजधानी बीरगन्जमा कांग्रेस सभापति देउवाको करिब ३० घण्टा बास हुने भएको छ । जिल्लाको २ वटा कार्यक्रममा सहभागी हुन पार्टी सभापति देउवा बीरगन्ज आउन लागेको छन् ।
मंगलबार र बुधबारको २ वटा कार्यक्रममा सहभागी हुन देउवा बीरगन्ज आउन लागेपनि त्योसंगै प्रदेशका उच्च तहका नेतृत्वसंग भेटघाट गर्ने कार्यक्रम पनि तय गरिएको पर्सा कांग्रेसले जानकारी दिएको छ ।
कुन दिन के कार्यक्रम ?
पर्सा कांग्रेसका अनुसार पार्टी सभापतिज्यूको विहान साढे १० हवाइजहाजबाट सिमरा आउने कार्यक्रम तय भएको छ ।
कांग्रेस पर्साले आयोजना गरेको दुुइ छट्टुाछट्टुै कार्यक्रममा सहभागी हुन सभापति देउवा बीरगन्ज आउन लागेको कांग्रेस पर्साका कार्यबाहक सभापति राम नारायण कुर्मीले जानकारी दिए । उनका अनुसार सभापति देउवाले सुरुमा भोली (मगलबार) दिउँसो पटेर्वासुुगौलीमा आधारभुत अस्तापलको उद्घाटन गर्नेछन् ।
त्यसपश्चात उनी बीरगन्ज फर्किने कार्यक्रम तय भएको छ । पार्टी सभापति देउवा बीरगन्जको दियालो होटलमा बस्नेछन्, जहाँ बारा जिल्लाको पार्टी सभापतिसहित अन्य कार्यकर्तासंग उनको भेटघाटको कार्यतालिका बनाइएको छ । अर्थात् पार्टी सभापति देउवाको पर्सामा एक रात बस्न कार्यक्रम तय रहेको नेपाली कांग्रेस पर्साले जनाएको छ ।
एकरातको बासपछि दोस्रो दिन भने कांग्रेस सभापति देउवाको दिउँसो २ बजेदेखि पुनः कार्यक्रम तय गरिएको छ । बीरगन्ज महानगरको वडा नम्बर २४ मा देउवाले आत्माराम ओझा ÷ दुःखा सहनीको स्मृति भवनको उद्घाटन गर्नेछन् ।
यी कार्यक्रम पश्चात देउवाको भेटघाट कार्यक्रम तय गरिएको छ । भेटघाटमा कांग्रेस सभापति देउवाले ८ वटै जिल्लाको जिल्ला सभापति, केन्द्रिय सदस्य तथा नेता कार्यकर्तासंगै मन्त्रीहरुसंग भेटघाट गर्ने तालिका तय भएको कांग्रेसले जानकारी दिएको छ । मधेशमा पार्टीको अवस्थासंगसंगै आगामी रणनीतिबारे सल्लाह लिने उद्देश्यले कांग्रेस सभापति देउवाले मधेशका टप लिडरसंग भेटघाट गर्न लागेको बताइएको छ ।
त्यसपछि साँझको जहाजले उनको फेरि राजधानी फर्किने कार्यतालिका रहेको पर्सा कांग्रेसले जनाएको छ ।