७ असोज, बीरगन्ज । बीरगन्ज महानगरपालिकाले सामुदायिक तथा निजी विद्यालयहरुको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । बढ्दो गर्मीका कारणले विद्यार्थीहरुको राहतका लागि महानगरले सोमबार एक सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो ।
सुचनामार्फत महानगरपालिकाले मातहतका सम्पूर्ण सामुदायिक तथा सस्ंथागत विद्यालयहरुमा दुइ दिन पठनपाठन बन्द गर्न निर्देशन दिएको हो । निमित्त प्रमुख प्रशासकिय अधिकृतद्वारा हस्ताक्षरित सूचनामा मंगलबार र बुधबार दुइ दिन सम्पूर्ण विद्यालयहरुमा पठनपाठन बन्द गर्न निर्देशन दिइएको छ । तर विद्यालयको प्रशासनिक कार्य भने सञ्चालन नै राख्न भनिएको छ ।
सूचनामा भनिएको छ, ‘केहिदिन देखि गर्मी बढ्दो छ, जसका कारणबाट विद्यार्थीहरुको स्वास्थ्यमा प्रभाव पर्न थालेको छ । त्यसकारण असोज ८ र ९ गते दुई दिनका लागि विद्यालयको प्रशासनिक कार्यबाहेक विद्यालयमा पठनपाठन सम्बन्धि कार्य स्थगित गर्न÷गराउन हुन सम्बन्धित सबै विद्यालयको जानकारीका लागि अनुरोध छ ।’