वीरगन्ज । बाराबाट प्रहरीले ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ ।
पथलैया प्रहरी चौकीको टोलीले ५३ लाख भन्दा बढीको भन्सार छलीका विभिन्न खुद्रा सामानहरु नियन्त्रणमा लिएको हो ।
विशष सूचनाको आधारमा गरिएको जाँचबाट पथलैया चोकबाट प्रहरीको टोलीले ५३ लाख ४० हजार ९० रूपैयाँ बराबरको खुद्रा सामानसहित ट्रक नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए ।
वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ४४४७ नम्बरको ट्रकलाइ भन्सार छलीका खुद्रा सामानहरु बरामद भएको प्रहरी भनाइ छ ।
बरामद खुद्रा सामानसहित ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको बारा प्रहरीले जानकारी दिएको छ ।