७ असोज, बीरगन्ज । पर्सा प्रहरीले घरेलु मदिरा बनाउने भट्टी नष्ट पारेको छ । प्रहरीले जिल्लाको छिपहरमाई गाउॅंपालिकामा अवैध रुपले घरेलु मदिरा बनाउने भट्टी नष्ट पारेको हो ।
गाउॅंपालिकाको वडा नम्बव ३ मा सन्चालित घरेलु मदिरा उत्पादन गर्ने भट्टी फुटाएर नष्ट पारेको प्रहरी नायब उपरीक्षक दिपक भारतीले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको विशेष टोलीले भट्टी नष्ट गरेको हो ।
प्रहरीले करिब दुई हजार ५०० लिटर कच्चा पदार्थ समेत नष्ट पारेको जानकारी दिएको छ ।