ट्रेन्डिङ

रिंकु सदा बलात्कार प्रकरण : पंचायती गरी मिलापत्र गर्न दवाव दिने आठ जना पञ्चविरुद्ध पनि उजुरी दर्ता

धनुषा । मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले बलात्कारीलाई संरक्षण गर्ने काममा लाग्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्ने बताएका छन् । मन्त्रालयमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री लेखीले यस्तो बताएका हुन ।

सिरहा जिल्लाको नवराजपुर गाउँपालिकामा एक बालिकाको बलात्कारपछि शंकास्पद मृत्यु भएको घटनाका दोषीलाई संरक्षण गर्न स्थानीय अगुवाहरु नै लागेको पाइएपछि गृहमन्त्री लेखी दोषीलाई कारवाहीको वातावरण बनाउन लागि परेका छन् ।

उनले अपराधी जोगाउने काममा आफ्नै पार्टीका नेता कार्यकर्ता लागेको भएपनि उनीहरुले उन्मुक्ति नपाउने बताए । रिंकु सदा बलात्कर प्रकरणमा बलात्कारको आरोप लागेकाहरुलाई बचाउन स्थानीय पंच भलाद्यमीले दुई लाखमा सौदा गरेको कुरालाई मन्त्री लेखीले अनुचीत मानेका छन ।

बलात्कार र हत्या जघन्य अपराध हो मन्त्री लेखीले भने “यस्तो जघन्य अपराधिक घटना मिलाउन, पञ्चायती गरि लाख दुई लाख लिएर चुप लाग भनेर पीडितलाई दवाव दिनु सर्वथा अनुचीत रहेको छ” ।

उनले घटनाका बारेमा सत्य तथ्य सूचना दिनु पर्ने नागरिक दायित्वबाट स्थानीयहरु चुकेको बताएका छन । अपराधीक घटना लुकाउन स्थानीयहरु पनि लागेको देखियो मन्त्री लेखीले भने ‘मानव अधिकार पत्रकार सुरक्षा निकायलाई घटनाको बारेमा सूचना दिनु पर्नेमा प्रहरीलाई मिलाएर घटना स्थानीय रुपमै सामसुम पार्नु खोज्नुले समाज पथभ्रष्ट भएको बताए।’

मन्त्री लेखीले जसले जसरी अपराधी जोगाउने प्रयास गरे पनि त्यो सफल नहुने ठोकुवा गरे । उनले आरोपीतलाई जोगाउन शक्तिको दुरुपयोग गर्न खोज्ने पंचहरुलाई समेत कानुनको दायरामा ल्याइने बताए।

मन्त्री लेखीसंगै रहेका मधेश प्रदेशका प्रहरी प्रमुख लालमणी आचार्यले प्रहरी निरिक्षकको नेतृत्वमा एक विशेष टोली खटाइएको र छिट्टै अपराधी सम्म पुग्ने गरि काम भइरहेको बताए । उनले छिट्टै अपराधी सहित प्रहरी उपस्थित हुने बताए । आचार्यले अपहरण पछि सामुहिक बलात्कार गरेको घटनालाई ढाकछोप गरि पंचायती गरि मिलापत्र गर्न दवाब शृजना गर्ने ८ जना बिरुद्द उजुरी दर्ता भएको बताए ।

अपहरण गरि सामुहिक बलत्कार गरि हत्या गरेको घटनालाई पंचायती गरि मिलापत्र तथा लेनदेन गर्न खोजेको कसुरमा पुरक मुद्दा दायर गरिएको र आरोपित हरुको खोजी कार्य भइरहेको आचार्यले बताए ।

पत्रकार सम्मेलनमा गृह सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्वव प्रसाद रिजाल सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै