ट्रेन्डिङ

गृहमन्त्री राजकुमार लेखीले घरमै पुगेर भेटे रिंकुको परिवार, दोषीलाई उम्किन नदिने प्रतिवद्धता

सिरहा । मधेश सरकारका गृहमन्त्री राजकुमार लेखीसँग यहाँको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको परिवारसँग भेटवार्ता गरेका छन् ।

बिहिबार गृहमन्त्री लेखीले उनको घरमै पुगेर परिवारसँग भेट गरेका हुन् ।

मन्त्री लेखीको नेतृत्वमा पीडितको घरमा पुगेका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख समक्ष पीडित परिवारले आफ्नो गुनासो राखेका छन् । 

गत माघ २६ गते बेलुका ९ बजेतिर शौच गर्न निस्किएकी सदा ६ घण्टापछि मात्र फर्किएकी थिइन ।

उनी २७ माघ बिहानीपख ३ बजेतिर रोइरहेको अवस्थामा घरबाहिर फेला परेकी थिइन । त्यसरी फर्किएकी सदाले आफू बलात्कारमा परेको कुरा परिवारलाई बताएकी थिइन ।

परिवारका सदस्यका अनुसार रिंकुले आफूलाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले बलात्कार गरेको बताएकी थिइन् ।

‘शौच गर्न गएका बेला तीन जनाले उठाएर बाँसघारीमा लगेर सामूहिक बलात्कार गरे,’ रिंकुले त्यसबेला भनेको उनका परिवारका सदस्य बताउँछन् ।

सदा ३० माघको राति ७ः२० मा मृत भेटिएकी थिइन् । सलले घाँटीमा पासो लगाएको अवस्थामा उनको शव फेला उनकै टिनको घरमा परेको थियो ।

२९ माघमा बलात्कारको घटना दवाउनकालागि गाउँमा पंचायती समेत बसेको थियो । पंचायती बसेको कुरा सिरहा प्रहरीलाई पनि जानकारी रहेको स्रोतको भनाई छ । पंचायती बसेकाहरु र बलात्कारका आरोपीहरु सबै फरार रहेका छन् ।

स्थानीय प्रहरी प्रशासन सहित पीडितको घर पुगेका मन्त्री लेखीले दोषीलाई उम्कन नदिने प्रतिवद्धता जनाएका छन । उनले पीडितले उन्मुक्ति पाउने गरि कुनै काम नहुने बताए ।

मन्त्री लेखीले स्थानीय सरकार, स्थानीय समाजसेवी र जनप्रतिनिधिलाई घटनाको सत्य तथ्य के हो सोको बारेमा जानकारी दिन समेत आग्रह गरेका छन । 

उनले घटनाका दोषीलाई जोगाउन जुन सकै प्रपन्च रचे पनि त्यसले सफलता नपाउने भन्दै दोषीलाई कानूनको दायरामा ल्याइने प्रतिवद्धता जनाएका छन ।

उनले प्रहरी प्रशासलाई समेत घटनाको निष्पक्षतापुर्वक अनुसन्धान गर्न र दोषीलाई कानुनी कारावाहीको दायरामा ल्याउन गम्भिरत पूर्वक लाग्न निर्देशन दिएका छन । 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै