ट्रेन्डिङ

रामबहादुर बम्जनविरुद्ध ८ करोड बिगोसहित सर्लाही जिल्ला अदालतमा मुद्दा

सर्लाही । रामबहादुर बम्जनविरुद्घ सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध बम्जनविरुद्ध सवा ८ करोड २७ लाख ५९ हजार ४८१ रुपैयाँको बिगोसहित सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरेको हो । 

मंगलबार विभागले बम्जनविरुद्ध ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको भन्ने कसुर’मा प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोबाट प्राप्त पत्र बमोजिम जाँचबुझ तथा अनुसन्धान गरी सर्लाही जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको हो । 

प्रतिवादी बम्जनले सो कसुरबाट आर्जन गरेको सम्पत्तिको गैरकानुनी रूपमा स्रोत लुकाउने छल्ने लगायत निषेधित कार्य गरी सम्पत्ति शुद्धीकरणको कसुर गरेको तथ्य स्थापित हुन आएको विभागको दाबी छ । 

बम्जनविरुद्ध कुल ८ करोड २७ लाख ५९ हजार ४८१ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार कैद सजाय माग गरिएको विभागले जनाएको छ । 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै