ट्रेन्डिङ

दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानको आहवानमा देशभर भोलीदेखि आन्दोलन

६ असोज, वीरगन्ज । राष्ट्र–राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानको आहवानमा देशभर चरणबद्ध आन्दोलन हुने भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफू पक्राउ परेपछि आफ्ना साथीहरुमाथि भएको हिंसाको विरोधमा देशभर भोलीदेखि चरणबद्ध आन्दोलनको तयारी भइरहेको बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईँले यस्तो बताएका हुन् । फेसबुकमा उनले लेखेका छन्, ‘यो देशका नागरिकलाई राज्यले गरेको अपमान, देशमा व्याप्त भ्रष्टाचार, गरिबी, महँगीका विरुद्ध, सहकारी र लघुवित्त पीडित नागरिकको पक्षमा आवाज उठाउँदा सामन्त केपी सरकारले झुटो मुद्दा लगाई मलाई पक्राउ गरेर साइबर ब्यूरो, वीर अस्पताल हुँदै अहिले सम्मानित जिल्ला अदालतमा ल्याएको छ । म अदालतमा रहँदै मैले थाहा पाएको छु, हाम्रो अभियानका ३ सयभन्दा धेरै अभियन्ता साथीहरूको घरमा प्रहरी गई धरपकड गर्ने, खानतलासी गर्ने, धम्काउने जस्ता गतिविधि गरिरहेको छ ।’

प्रसाईँलाई साइबर ब्युरोले आज दिउँसो भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी दर्ता भएको छ ।

उनले आफ्ना अभियन्तालाई सामान्य मात्रै क्षति पुग्यो भने त्यसको मूल्य महँगो पर्ने चेतावनी दिएका छन् । आन्दोलनको स्वरूप र कार्यक्रम छिटै सार्वजनिक गरिने उनले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै