ट्रेन्डिङ

आफन्तले अन्तरजातीय विवाह गरेपछि हत्या गरी फरार रहेका दुइजना प्रतिवादी १८ वर्षपछि पक्राउ

सप्तरी । सप्तरी प्रहरीले १८ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका दुइजना प्रतिवादीलाई पक्राउ गरेको छ ।

विभिन्न जिल्लामा लुकीछिपी बस्दै आएका हत्या मुद्दाका फरार प्रतिवादीलाई सप्तरी प्रहरी आइतबार पक्राउ गरेको । पक्राउ परेका प्रतिवादीहरु घरमा आएको सूचना आएपछि प्रहरीको टोलीले छापमारी दुुबैजनालाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीका निमित्त सूचना अधिकारी मनिष श्रेष्ठले बताए ।

उनका अनुसार पक्राउ परेकाहरु कहिलेकाँही घरमा आइरहने प्रहरीलाई सूचना थियो, त्यहीक्रममा यस पटक घरमा आएको सूचना प्राप्त भए लगत्तै हामीले पक्राउ गरेका हौं ।

प्रहरीको टोलीले सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर–२ निवासी शुभनारायण यादव र बद्रीनाथ अधिकारीलाई घरबाटै नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थप भइ आवश्यक अनुसन्धान सुरु गरिएको सप्तरी प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका दुबैजना प्रतिवादीले ०६३ सालको भदौं महिनाको ८ गते आफ्नै नातामा पर्ने फुली देबी यादवको हत्या गरेको प्रहरीमा जाहेरी थियो । सोही जाहेरी दर्ता भएपछि दुबैजना फरार भएको प्रहरी बताउँछ ।

प्रहरीका अनुसार उक्त जाहेरीमा यी दुबैजनाले योजना बनाएर अन्तरजातीय विवाह गरेकी देबीको हत्या गरेको लेखिएको छ ।

हत्या गरिएकी यादव शुभनारायण यादवको आफन्त रहेकी प्रहरी अनुसन्धानबाट खुलेको छ । यही यादवको योजनामा त्यो समयमा अन्तरजातीय विवाह गरेकी फुली देबीको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै