साजिर मन्सूर
६ असोज, कलैया । प्रादेशिक अस्पताल कलैयामा किड्नी फेल भएकाहरुलाई गरिने डायलाईसिस सेवा नि:शुल्क हुने भएको छ । अस्पतालका पुर्व मेडिकल सुपरिटेन्डेन्ट डा. अजय कुमार गुप्ताले यसबारे जानकारी गराएका हुन् ।
उनले अब अस्पतालमा एक हप्ताको काग्स्जी प्रक्रिया पश्चात् दैनिक १५ जनाले सेवा लिन सक्ने बताए । डा.गुप्ताले धेरै पहिला देखि आफुले यसका लागि माग गर्दै आएपनि सफलता नमिलेको गुनासो गरेपछि नेपाल सरकारका पुर्व मन्त्री एवम् काङ्ग्रेस केन्द्रीय सह महामन्त्री फरमुल्लाह मन्सूरले स्वास्थ्य मन्त्री प्रदिप पौडेल सङ्ग भेटेर डाईलाईसिस लगायतका सेवा थप्न भनेपछी सो सेवा सुचारु हुने भएको हो ।
सेवा सुचारु हुने खबरले बारा पर्सा रौतहट लगायतका जिल्लाका अधिकान्स डाईलाईसिस गर्नुपर्ने बिरामी खुशी भएका छन् । अस्पतालका पुर्व मेसु डा. गुप्ताले प्रादेशिक अस्पताल कलैया अहिले बारा बासिको पहिलो रोजाई बन्दै गएको भन्दै यसले आफुहरुको उपचार पद्धति सहि र राम्रो भएको अनुभव भैरहेको बताए ।
उनले अस्पतालमा आईसियु,डाईलाईसिस लगायतका सेवा दिन सफल भएपछि पनि बिरामिहरुलाई सहज भएको र उनिहरु खुशी भएको देखेर आफुहरु समेत खुशी भएको बताए । उनले दैनीक ५ सयको हाराहारीमा बिरामिहरु कलैया अस्पतालमा सेवा लिन आइरहेकोले समेत अस्पताल प्रती सबैको माया स्नेह र सहयोग अनिवार्य भएको जनाए ।
डा. गुप्ता कलैयाको मेसु भएदेखी प्रादेशिक अस्पताल कलैयामा निकै सुधार भएको थियो । त्यस क्रममा उनले ईन्डो स्कोपी सेवा,नवजात शिशुको आईसियु, कर्मचारी अनुशासित, बिरामिको सेवा सुबिधा सहज र सरल बनाएका थिए । प्रदेशमै नमुना प्रादेशिक अस्पताल बनाउने उनको योजना अहिले नया मेसु आएपछी भने रोकिएको छ ।
पछिल्लो समय मन्त्रालयले प्रादेशिक अस्पताल कलैयामा यसअघि अस्पतालमा कार्य गरिसकेका डा. सुनिल कुश्वाहालाई फेरि मेसुको जिम्मेवारी दिएर पठाएको छ ।