महोत्तरी । महोत्तरी प्रहरीले जनही दुुइ÷ दुुइ सय रुपैयाँ जरिवाना नतिरेका तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जालसाजी मुद्दामा अदालतले गरेको फैसला अनुसार जरिवाना नतिरेका तीनजना फरार प्रतिवादीलाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।
महोत्तरी प्रहरीका प्रहरी निरीक्षक नन्दकिशोर चौहानका अनुसार विभिन्न मितिमा अदालतबाट भएको फैसला अनुसार जनही दुुइ÷ दुुइ सय रुपैयाँ जरिवाना नतिरेकालाई पक्राउ गरिएको हो ।
प्रहरीको टोलीले महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ५ का सुुबोध कुमार साह, भोला साह र सरोज कुमार साहलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार तीनैजनामाथि जालसाजी मुद्दामा अदालतबाट जनही २÷२ सयको जरिवानाको फैसला भएको थियो ।
तर जरिवाना नतिरेर लुकीछिपी बस्दै आएको सूचना प्राप्त भएपछि प्रहरीको टोलीले तीनैजनालाई पक्राउ गरेको बताइन्छ ।
पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीका लागि महोत्तरी अदालतमा दाखिला गराइएको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।